+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
चितवन राइनोज 2025
145/3 (16.6)
Shares

महाधिवेशनका लागि समय कम भयो : नेता कोइराला

रासस रासस
२०८२ मंसिर १६ गते १२:५५

१६ मंसिर, चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए ।

कोइरालाले भने, ‘समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।’

उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुंगो नभएको बताए।

यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ ।

जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए ।

महाधिवेशनमा उम्मेदवारीको सम्बन्धमा उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौं ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?