News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच पर्यटन प्रवर्द्धन र हवाई सेवामा सहकार्य गर्न सम्झौता भएको छ।
- सम्झौतामा पर्यटन बोर्डका सीईओ दीपकराज जोशी र नेवानिका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठले हस्ताक्षर गरेका छन्।
- सम्झौताअनुसार पदाधिकारी र कर्मचारीलाई नेवानिको उडानमा विशेष छुट दिइने र प्रवर्द्धन कार्यक्रममा नेवानिलाई स्टल उपलब्ध गराइने छ।
१६ मंसिर, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन र हवाई सेवामा सहकार्यका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम (नेवानि) बीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेवानिका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले हस्ताक्षर गरे । सम्झौतामा दुवै संस्थाले एकापसमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने उल्लेख छ ।
सम्झौता अनुसार पर्यटन प्रवर्द्धन काममा यात्रा गर्दा त्यस कार्यक्रममा जाने पदाधिकारी र कर्मचारीलाई नेवानिको उडानमा विशेष छुट दिइने छ । साथै, बोर्डले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रममा नेवानिलाई स्टल उपलब्ध गराइने छ ।
दुवै संस्थाले आपसी ब्रान्ड प्रवर्द्धन, बजार अभिमुखीकरण, परिचयात्मक भ्रमण र संस्थागत साझेदारी अझ प्रभावकारी बनाउन संयुक्त गतिविधि सञ्चालन गर्ने सहमति समेत गरेका छन् ।
प्रतिक्रिया 4