News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तरसरकारी वित्त परिषद्ले छिमेकी देशका पर्यटक सवार सवारीसाधनबाट नेपालभित्र थप शुल्क नलिने निर्णय गरेको छ।
- पर्यटन प्रोत्साहनका लागि भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि अन्य शुल्क नलिने व्यवस्था मिलाइएको छ।
- परिषद्ले सबै प्रदेशको वित्तीय र राजस्वसम्बन्धी कानुनमा सामञ्जस्य कायम गर्ने निर्णय पनि गरेको छ।
१६ मंसिर, काठमाडौं । भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेका छिमेकी देशका पर्यटक सवार सवारीसाधनसँग नेपालभित्र थप शुल्क लिन नपाइने भएको छ ।
शुक्रबार बसेको अन्तरसरकारी वित्त परिषद् बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
‘छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि तोकिएको दिनसम्म निर्वाध नेपालभित्र अन्य कुनै शुल्क नलिई सहज आवागमन हुने व्यवस्था मिलाउने,’ निर्णयमा छ ।
पर्यटन व्यवसायीले लामो समयदेखि विभिन्न तहका सरकारले पर्यटक सवारीसँग अतिरिक्त शुल्क लिने गरेको गुनासो गर्दै आएका थिए । परिषद् बैठकले सबै प्रदेशको वित्तीय लगायत राजस्वसँग सम्बन्धित कानुनमा सामञ्जस्य कायम गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया 4