+
+
Shares

समतामूलक तथा समावेशी समाज निर्माणको कदम चाल्न आवश्यक छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १२:०१

१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिको अधिकारको सुनिश्चितता, प्रवर्द्धन र संरक्षण गर्न एकीकृत रूपमा प्रभावकारी कार्यक्रमको आवश्यकता औंल्याएका छन् । अपांगतामैत्री सोचका साथ अघि बढ्न सम्पूर्ण देशवासी र सरोकारवालहरूमा उनको आह्वान छ ।

३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् । शुभकामना सन्देशमा उनी लेख्छन्, ‘समतामूलक तथा समावेशी समाज निर्माणको दिशामा आवश्यक कदम चाल्नु अझै आवश्यक छ ।’

नेपालको संविधान र कानुनहरूका साथै अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडी)को मर्मअनुरुप अपांगता भएका व्यक्तिका अधिकारहरूलाई मौलिक हकको रूपमा स्थापित गर्न आवश्यक रहेको उनले बताएका छन् । अपांगतााको आधारमा गरिने विभेदलाई निषेध गर्दै, समानुपातिक समावेशिताको सिद्धान्तअनुरुप अन्यनागरिक सरह राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपांगता भएका व्यक्तिहरूलाई संगठित गर्दै नेतृत्वमा स्थापित गर्दै आएको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?