+
+
WC Series
विराटनगर किंग्स 2025
83/5 (13.3)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १५:१६

१७ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर भएको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ ।

भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माण प्रकरणको भ्रष्टाचार मुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?