+
+
WC Series
विराटनगर किंग्स 2025
32/2 (5.3)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १५:२२
फाइल तस्वीर

१७ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय रहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले कुनै पनि देशका धेरै नागरिकहरू कालोसूचीमा पर्नु राम्रो नभएको बताए ।

उनकाअनुसार धेरै मानिसहरू कालोसूचीमा नपर्ने हो भने धेरै कर्जा प्रवाह हुने स्थिति आउन सक्छ ।

अर्थमन्त्री खनालले तरलता बढी हुनुमा ग्रामीण क्षेत्रमा जाने, विपन्न वर्गले पाउने र प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा प्रवाह हुन नसक्नु रहेको बताए ।

उनकाअनुसार खासगरी कृषिमा जाने कर्जा, ब्याजअनुदानमा जाने कर्जाको रकम सरकारले भुक्तानी नदिएको कारणले १० अर्ब त्यो बाँकी थियो । जसकारणले बैंक तथा वित्तीय संस्थाले सरकारले बैंक तथा वित्तीय संस्थालाई अनुदान नदिएपछि थप लगानी गरेका थिएनन तर आफू जिम्मेवारीमा आएपछि १० अर्ब अनुदान निकासा गरिएको उनले जानकारी दिए ।

‘कालो सूचीमा धेरै मान्छेहरू पर्नु अर्थमन्त्रालय, राष्ट्र बैंक सबैका लागि चिन्ताको विषय हो । किनभने त्यस्ता व्यक्तिहरूले थप कर्जा लिएर उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्थे । रोजगारी सिर्जना गर्न सक्थे । नेपाल सरकारको राजस्वमा योगदान पुर्‍याउन सक्थे । त्यो ढोका बन्द भयो,’ उनले भने ।

अर्थमन्त्री खनालकाअनुसार त्यो प्राप्त गर्ने बित्तिकै ग्रामिण क्षेत्रमा जाने कर्जा वृद्धि हुन लागेको र त्यसले पनि तरलता आगामी दिनमा घट्ने खनालको विश्वास रहेको छ ।

उनले बेरुजु कम गर्न प्रभावकारी रूपमा काम अघि बढिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?