News Summary
Generated by OK AI. Editorially reviewed.- कपिल शर्माको 'द ग्रेट कपिल शर्मा शो' सिजन ४ डिसेम्बर २० देखि नेटफ्लिक्समा रिलिज हुने भएको छ।
- किकु शारदा, कृष्ण अभिषेक, सुनील ग्रोवर, अर्चना पूरन सिंह र नवजोतसिंह सिद्धु नयाँ सिजनमा सहभागी छन्।
- नेटफ्लिक्सले टिजर सार्वजनिक गर्दै सिजन ४ को मनोरञ्जनात्मक प्रस्तुति दर्शकलाई दिने जनाएको छ।
मुम्बई । कपिल शर्माको बहुप्रतिक्षित कार्यक्रम ‘द ग्रेट कपिल शर्मा शो’ सिजन ४ दर्शकमाझ फर्किने तयारीमा छ । नेटफ्ल्क्सिले शुक्रबार नयाँ टिजर सार्वजनिक गरेको छ ।
नेटफ्ल्क्सिले नयाँ सिजनको रिलिज मिति पनि पुष्टि गरेको छ ।
किकु शारदा, कृष्ण अभिषेक र सुनील ग्रोवर चौंथो सिजनमा दर्शकलाई मनोरञ्जन दिन तयार छन् । टिजरले नयाँ सिजन २० डिसेम्बरदेखि नेटफ्ल्क्सिमा आउने जनाएको छ ।
टिजर सेयर गर्दै नेटफ्लिक्सको सामाजिक सञ्जाल ह्यान्डलमा लेखिएको छ, ‘हामीले १ तारिखबाटै सेवा सुरु गर्ने सोचेका थियौं । हामी पनि पठाउनेछौं । द ग्रेट इन्डियन कपिल शोको सिजन ४ डिसेम्बर २० बाट स्ट्रिम हुनेछ, केवल नेटफ्लिक्समा ।’
टिजरमा किकु शारदा र कृष्णा अभिषेक प्रहरीको पोशाकमा देखिएका छन् । सुनील ग्रोवर, अर्चना पूरन सिंह र नवजोतसिंह सिद्धु पनि देखिएका छन् ।
टिजर हेरेपछि, दर्शकको प्रतिक्रिया छ, ‘अन्ततः, म यसको लागि धेरै समयदेखि पर्खिरहेको थिएँ ।’ अर्का सामाजिक संजालका प्रयोगकर्ता भन्छन्, ‘शाहरुख खानको आवाज । यो सिजन अद्भुत हुनेछ ।’
प्रतिक्रिया 4