जनार्दन शर्मा सवार गाडी र सडक किनारमा उभिएर कालो झण्डा देखाउँदै युवाहरु ।
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ ।
उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4