+
+
Shares

‘लगानीयोग्य रकम स्थिर हुनु अहिलेको मुख्य चुनौती’ 

निजी क्षेत्रको लगानी बढे मात्रै मुलुकको अर्थतन्त्र विस्तार हुने परिसंघ अध्यक्ष पाण्डेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले वित्तीय प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताए।
  • पाण्डेले निजी क्षेत्रको लगानी बढे मात्रै मुलुकको अर्थतन्त्र विस्तार हुने र युवाले रोजगारी पाउने उल्लेख गरे।
  • सरकारले पूँजीगत खर्च बढाएर बजेट कार्यान्वयनमा कडाइ गर्नुपर्ने र आर्थिक मुद्दालाई राजनीति भन्दा माथि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।

२१ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले वित्तीय प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको साधारण सभामा परिसंघ अध्यक्ष पाण्डेले आन्तरिक अर्थतन्त्र चापमा रहेको र बैंकमा लगानीयोग्य रकम पर्याप्त हुँदा ब्याज एकल बिन्दुमा भए पनि समग्र बजारको माग बढ्न नसकेको धारणा राखे ।

 ‘अहिलेको सबैभन्दा ठूलो चुनौती हाम्रो प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु हो, पैसा स्थिर बस्नु भनेको अर्थतन्त्रको लागि राम्रो पक्कै पनि होइन,’ उनले भने ।

निजी क्षेत्रको लगानी बढे मात्रै मुलुकको अर्थतन्त्र विस्तार हुने उनले बताए । ‘अर्थतन्त्र सुदृढ भयो भने मात्रै मुलुक समृद्ध हुन्छ, युवाले रोजगारी पाउँछन्, राज्यले राजस्व पाउँछ,’ उनले भने, ‘त्यसले पूर्वाधार विकास र सामाजिक विकासमा योगदान गर्छ, त्यसैले हामी सबैको ध्यान अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ ।’

बजारमा पैसा ल्याउन सरकारले पूँजीगत खर्च बढाउनुपर्ने पाण्डेले बताए । चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्मको समग्र बजेट कार्यान्वयन अवस्था सन्तोषजनक नभएको उनको टिप्पणी छ । बजेट कार्यान्वयनका लागि सरकार कडाइसाथ प्रस्तुत हुनुपर्ने उनको सुझाव छ ।

‘आर्थिक मुद्दालाई सबैले पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने विषयमा पनि समान धारणा छ,’ उनले भने, ‘राजनीति भन्दा माथि आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’, अध्यक्ष पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?