२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ ।
कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको प्रमुख सचेतक श्याम घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।
‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएका छौं,’ घिमिरेले अनलाइनखबरसँग भने । खम्म खाती कांग्रेस निर्वाचन समिति संयोजक पनि हुन् ।
यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनाको रिट निवेदन दर्ता गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4