+
+
Shares

संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्चले फैसला नगरेको भन्दै कांग्रेस सांसदको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १४:२२

२३ माघ, काठमाडौं । राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैंठकमा विशेष समय लिएर बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

सांसद ढुंगानाले सर्वोच्च अदालतका न्यायाधिशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको जिकिर समेत गरे ।

पञ्चायत कालमा पनि न्यायाधीशहरूले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त पेश गर्दै अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको बताए ।

‘यो देशको राष्ट्रियता कमजोर भयो । संसद पुन:स्थापनाका लागि मुद्दा परेको छ । न्यायाधीशहरु यति निरीह भइरहनु भयो । नेपालको न्यायाधीश किन यति निरीह भए मलाई थाहा छैन,’ उनले भने, ‘पञ्चायतका, राजाको कालमा पनि आफूमाथि राजकाजको मुद्दा पर्दा तत्काल फैसला हुन्थ्यो । तर आज त्यस्तो अवस्था छैन ।’

सांसद ढुंगानाले सरकारले राष्ट्रिय हितको पक्षमा आवश्यक ध्यान दिन नसकेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?