+
+
Shares

संसद् पुनर्स्थापनाको माग गर्दै दायर भएका रिटमा एकसाथ सुनुवाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते २२:०१

९ पुस, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस र अन्य दलका गरी निवर्तमान सांसदहरूले दायर गरेको रिटमा बुधबार सुनुवाइ भएको थियो ।

सर्वोच्चको संवैधानिक इजलासमा भएको यो सुनुवाइपछि यसअघि कांग्रेसका ८ निवर्तमान सांसदहरूले दायर गरेको रिटसँगै राखेर सुनुवाइ गर्न आदेश जारी भएको हो ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ निवर्तमान सांसदले दिएको निवेदनका साथ सरिक हुन पाउँ भनी पूरक निवेदन दिएपछि संवैधानिक इजलासले एकैसाथ सुनुवाइ गर्न आदेश दिएको हो ।

अब संसद् पुनर्स्थापनाको माग राखि सर्वोच्चमा दर्ता भएका रिटमाथि एकसाथ सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?