१३ माघ, काठमाडौं । संसद् पुनर्स्थापनाको माग गर्दै युवाहरूको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् । असंवैधानिक रुपमा संसद् विघटन भएको आरोप लगाउँदै उनीहरूले पुनर्स्थापनाको माग गरेका हुन् ।
‘नागरिक युवा समाज’ नामक संस्थामा आवद्ध युवाहरूले माइतीघरमा मंगलबार प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरूको विश्वास छ ।
उनीहरूले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने माग उनीहरूको छ ।
देशलाई विधिमा सञ्चालन गर्न पनि संसद् पुनर्स्थापना हुनुपर्ने तर्क उनीहरूको छ ।
प्रदर्शनमा सहभागी युवाहरूले ‘संविधान बचाऊ, संसद् फर्काऊ, लुटिएको संसद् फिर्ता गर, विघठित संसद् पुर्नस्थापना गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4