+
+
Shares

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु (नामावलीसहित)

घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गोवाको अरपोरा नाइट क्लबमा शनिबार मध्यराति आगलागी हुँदा २५ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
  • मृत्यु हुनेमा २० जना क्लबका कर्मचारी छन् र उनीहरूमध्ये चार जना नेपाली नागरिक छन्।
  • गोवा सरकारले मृतकका परिवारलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ।

काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।

अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो ।

नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।

गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन् ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानको अडिट गर्ने जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै पूरा संरचना जलेर नष्ट भएको थियो । आगोमा परेर ग्याँस सिलिण्डर पनि विष्फोट भएपछि भयावह भएको थियो ।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची 

  • चुर्ण बहादुर पुन — नेपाल
  • विवेक कटवाल — नेपाल
  • सबिन — नेपाल
  • सुदीप — नेपाल
  • मोहित— झारखण्ड
  • प्रदीप महतो— झारखण्ड
  • बिनोद महतो— झारखण्ड
  • सतीश सिंह — उत्तराखण्ड
  • सुरेन्द्र सिंह — उत्तराखण्ड
  • जितेन्द्र सिंह — उत्तराखण्ड
  • सुमित नेगी — उत्तराखण्ड
  • मनिश सिंह — उत्तराखण्ड
  • दिगम्बर पटिर — असम
  • राहुल तन्ती— असम
  • मनोजित माल — असम
  • सुनील कुमार — उत्तर प्रदेश
  • रोहन सिंह — उत्तर प्रदेश
  • डोमिनिक — महाराष्ट्र
  • मनोज जोरा — महाराष्ट्र
  • इसहाक — कर्नाटक
  • सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
  • सरोज जोशी — दिल्ली
  • विनोद कुमार — दिल्ली
  • अनिता जोशी — दिल्ली
  • कमला जोशी — दिल्ली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?