+
+
Shares

मकवानपुरगढीले तोक्यो रैथाने बालीको न्यूनतम समर्थन मूल्य

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने विभिन्न रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १२:३६

२३ मंसिर, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने विभिन्न रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

गाउँपालिकाको आर्थिक विकास समितिले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कृषि उपजहरूको नयाँ मूल्य तोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले जानकारी दिए ।

नयाँ दररेट अनुसार कोदो र धानको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ कायम गरिएको छ । यस्तै, फापर प्रजातितर्फ तिते फापरको मूल्य ९० रुपैयाँ र मिठे फापरको मूल्य १ सय ५ रुपैयाँ निर्धारण गरिएको हो ।

गाउँपालिकाले जुनेलोको समर्थन मूल्य प्रतिकेजी ८४ रुपैयाँ तोकेको छ भने सेतो सिमिको मूल्य १ सय २० रुपैयाँ कायम गरेको कृषि शाखा प्रमुख गोपाल लम्सालले जानकारी दिए ।

यसैगरी, कालो सिमिको मूल्य भने प्रतिकेजी १ सय ३० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

’उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम’ कार्यान्वयनको सिलसिलामा यो मूल्य निर्धारण गरिएको पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

पालिकाले यस पटक पनि विगतको वर्षमा जस्तै कृषक, कृषक समूह र सहकारी संस्थाहरू मार्फत रैधाने वाली खरिदबिक्री गरि सोझै किसानलाई अनुदान बापतको रकम प्रदान गरिने उनले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा  कृषि विकास कार्यक्रमअन्तर्गत रैथाने बाली खरिद-बिक्री अनुदान कार्यक्रम सहकारीमार्फत कार्यान्वयनमा ल्याएको थियो ।

पालिकामा गतवर्ष करिब १८० क्विन्टल रैथानले बाली उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादन वृद्धि हुने अपेक्षा पालिकाको छ ।

प्रायः पालिकाको सबै वडामा रैथाने बाली खेती हुने भएपनी वडा नम्बर १, २, ४, ७ र ८  कोदो पकेट क्षेत्र मानिन्छ । वडा नम्बर ६ र ८ लाई फापरको पकेट क्षेत्रका रुपमा रहेको छ ।

करिब ५ सय घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पालिकाको रैथाने बाली प्रवद्र्धन कार्यक्रमबाट लाभान्वित छन् भने करिब ६ सय हेक्टरमा खेती हुने गरेको गाउँपालिकाले जनाएको छ ।

यहाँका सामुदायिक विद्यालयहरूको दिवा खाजामा रैथाने परिकार बनाइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?