+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

रुग्ण ठेक्कामा निर्माण कम्पनीलाई धेरै माया गर्न सकिन्न : सडक विभाग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक विभागका महानिर्देशक डा. विजय जैशीले निर्माण कम्पनीहरूलाई काममा परिचालन हुन आग्रह गर्नुभएको छ।
  • डा. जैशीले भने, 'ल इज ल (कानुन भनेको कानुन हो) । अब मायाले हुँदैन । सबै काममा लागौं ।'
  • उनले कतिपय कम्पनीले समयमै उत्कृष्ट काम गरेबापत् बोनस पनि खाइरहेको र केही ठेक्का रुग्ण नभएको बताउनुभयो।

२३ मंसिर, काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैशीले निर्माण कम्पनीहरूलाई काममा परिचालन हुन आग्रह गरेका छन् ।

अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनले बताए । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘रहरले ठेक्का तोडिएको होइन । अन्तिम अवस्थामा आएर ठेक्का तोडिएको हो । यद्यपि, तपाईहरू काममा मोबिलाइज हुनुस्, अहिले काममा निर्माण कम्पनी मोबिलाइज भएको पनि देखिएको छ,’ उनले भने, ‘ल इज ल (कानुन भनेको कानुन हो) । अब मायाले हुँदैन । सबै काममा लागौं ।’

उनले समयमै उत्कृष्ट काम गरेबापत् कतिपय कम्पनीले बोनस पनि खाइरहेको बताए । ‘कतिपय निर्माण कम्पनीले लिएको ठेक्का कुनै पनि रुग्ण भएको छैन । कतिपयको सबै रुग्ण ठेक्का भएको छ,’ उनले भने, ‘अब निर्माण व्यवसायीहरू पनि स्मार्ट हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?