News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले नवलपुर २ बाट संघीय सांसद प्रत्यक्षतर्फका लागि युवा नेता शंकर तिवारीको नाम सिफारिस गरेको छ।
- शंकर तिवारी कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार हुन् र पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा समितिमा काम गरिसकेका छन्।
- नवलपुर २ बाट निवर्तमान सांसद विष्णु कार्की र थप दुई जनाको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।
२३ मंसिर, काठमाडौं। नवलपुर २ बाट संघीय सांसदमा प्रत्यक्ष तर्फको लागि नेपाली कांग्रेसको तर्फबाट युवा नेता शंकर तिवारीको नाम सिफारिस भएको छ।
उनी कांग्रेसको तर्फ बाट सिफारिस भएकामध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन्।
नेपाली कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानको सदस्य रहिसकेका र पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा समितिमा महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासँग काम गरिसकेका शंकर तिवारी कांग्रेस पङ्क्तिमाझ निर्भिक र खरो वक्ताका रूपमा चिनिन्छन् ।
२०७९ को निर्वाचनमा पनि उनको नाम प्रत्यक्षतर्फ सिफारिस भएको थियो।
राजनीतिक विश्लेषकको रूपमा समेत चर्चित रहेका शंकर तिवारीका कसले सुधार्छ कांग्रेस?
नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू लगायत झण्डै एक दर्जन हाराहारी पुस्तक प्रकाशित छन्।
नेपाली कांग्रेस नवलपुर २ बाट निवर्तमान सांसद विष्णु कार्कीलगायत थप दुई जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ।
प्रतिक्रिया 4