+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

जेनजी विद्रोहमा दमन गर्नेलाई अन्तर्राष्ट्रिय रूपमा पनि घेराबन्दी गर्छौं : गृहमन्त्री

सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १९:२९
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि दमन गर्नेहरूलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताएका छन् ।

मंगलबार जेनजी शहीदहरुको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी घाइते तथा शहीदका माग पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए ।

सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क छ ।

उनले शहीदको सपनाअनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको बताए ।

उनले मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै केही कमजोरी देखिए औंल्याउन समेत आग्रह गरे ।

उनले जेनजी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको भन्दै ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने बताए ।

उनले भने, ‘सत्तामा बस्नेहरू कुशासनको अभियन्ता बनेको कारण जेनजी विद्रोह भएको हो । त्यसकारण शहीदको सपनाबमोजिम अब हामी सुशासनको अभियान्ता बन्नुपर्छ । अहिलेको सरकारमा बसेर हामी सुशासनको अभियन्ता बन्ने प्रयासमा रहेका छौं’

उनले अगाडि भने, ‘नेपालको राज्य प्रणालीभित्रबाट पनि कारबाही गर्छौं । र जो दोषी छन् त्यस्ता तत्वहरूलाई अन्तर्राष्ट्रिय रूपबाट पनि हामी घेराबन्दी गर्छौं । त्यसैको लागि अहिले जाँचबुझ आयोग बनेको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि यसका लागि छुट्टै अनुसन्धान गरिरहेको छ । त्यसले पनि कारबाहीको सिफारिस गर्छ ।’

भ्रष्टाचारको मामलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण सरकारले बनाएको उनको दाबी छ ।

उनले पर्दा पछाडि बसेर नेताहरुलाई नचाउँदै जनतालाई दुःख दिने केही तत्वहरू कारबाहीको दायरामा ल्याइसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?