+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट  

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते ९:५०
रामशाहपथ स्थित स्वास्थ्य मन्त्रालयको भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो ।

२४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ ।

मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू सिंहदरबारबाट सुरु गरेको जानकारी दिएको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू मिति २०८२।०८।२३ गतेदेखि सिंहदरबारबाट सञ्चालन गरिएको बेहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ ।

मन्त्रालयले केही महाशाखा/शाखा/एकाइबाट प्रवाह हुँदै आएका सेवाहरू साबिककै स्थानबाट निरन्तर प्रवाह भइराखेका र आवश्यक स्थानको प्रबन्ध गरी सम्पूर्ण सेवाहरू सिंहदरबारबाट क्रमश: प्रवाह गरिने पनि जनाएको छ ।

रामशाहपथ स्थित स्वास्थ्य मन्त्रालयको भवनमा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो । त्यसपछि मन्त्रालयको सेवा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?