+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

राजेश हमाल स्टारर ‘प्रवासी जीवन’ १५ फागुनदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेश हमाल स्टारर फिल्म 'प्रवासी जीवन' १५ फागुनदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ।
  • फिल्मले अमेरिकामा नेपाली प्रवासीको मानसिक स्वास्थ्य समस्या र संघर्षलाई चित्रण गरेको छ।
  • श्याम क्षेत्री र राम अधिकारीले निर्देशन गरेको फिल्ममा सरिता लामिछाने, बुद्धी तामाङ लगायत कलाकार छन्।

काठमाडौँ । राजेश हमाल स्टारर फिल्म ‘प्रवासी जीवन’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्म १५ फागुनदेखि देशब्यापी प्रदर्शनमा आउने जनाएका हुन् ।

अमेरिकामा नेपालीले गर्नुपर्ने संघर्ष र प्रवासी जीवनको कथावस्तुमा फिल्म आधारित छ । फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

‘प्रवासमा पुग्ने जो कोहीले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई बेवास्ता गर्ने गरेका छौँ’ निर्देशक क्षेत्रीले भने, ‘त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’

मानसिक स्वास्थ्य समस्या र समाधानको विषयको कुरा पनि समावेश भएकाले दर्शकले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न सक्ने उनले बताए । फिल्ममा हमालसहित सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसहित निर्देशक क्षेत्रीले पनि अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको फिल्मलाई अमेरिकाका रमणीय दृश्यमा छायांकन गरिएको छ । श्याम क्षेत्री प्रोडक्सन र नेसनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिचर तथा छोटा फिल्म निर्माण गरेका रविन आचार्य निर्माता रहेको फिल्मको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको जनाएका छन् ।

‘यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अँध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ’ निर्माता आचार्यले भने ।

सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’ जस्ता शब्दले फिल्मको विषयलाई सङ्केत गरेको छ । फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।

यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्वसङ्गीत, देवी खतिवडाले श्रृंगार, राज शङ्कर र प्रतीक सार्कीले ध्वनि मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना गरेका छन् । प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?