+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

पारस र घरबेटी बापछि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा भरतमणीको नयाँ अवतार

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को मंगलबार प्रसारित ३६ औं भागमा दर्शकले उनलाई भिन्न अवतारमा हेर्न पाउँछन् । उनी यसपटक लागूऔषध कूलतले बिग्रिएको युवकको रोलमा देखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भरतमणी पौड्यालले 'कमेडी नाइट विथ च्याम्पियन्स' को ३६ औं भागमा लागूऔषध कूलतले बिग्रिएको युवकको भूमिका निभाएका छन्।
  • कार्यक्रममा पत्रकार टीकाराम यात्री र रियालिटी शो निर्देशक अमनप्रताप अधिकारीसँग हाँस्यब्यंग्यपूर्ण भलाकुसारी गरिएको थियो।
  • शोको टोलीले 'हाँस्छ अमेरिका' कार्यक्रम लिएर चाँडै अमेरिका भ्रमणमा निस्कने तयारी गरेको छ।

काठमाडौं । भरतमणी पौड्याल तन्नेरी पुस्तामा रुचाइएका कमेडियन हुन् । चाहे पूर्वयुवराज पारसको भूमिकामा दमदार अभिनय, चाहे घरबेटी बाको भूमिका, आफूलाई भिन्न चरित्रमा जीवन्त तुल्याउन सक्नु उनको खुबी हो ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को मंगलबार प्रसारित ३६ औं भागमा दर्शकले उनलाई भिन्न अवतारमा हेर्न पाउँछन् । उनी यसपटक लागूऔषध कूलतले बिग्रिएको युवकको रोलमा देखिएका छन् ।

जट्टाधारी डेडलक कपाल, पहेँलो हेडब्यान्ड, मेटालिक अवतारमा उनी देखिएका छन् । पछिल्लो समय घरबेटीको भूमिकामा देखिँदै आएका भरतमणीलाई दर्शकले भिन्न शैलीमा देख्न पाउँछन् ।

यो भागमा उनले अतिथिहरू पत्रकार टीकाराम यात्री र रियालिटी शो निर्देशक अमनप्रताप अधिकारीसँग हाँस्यब्यंग्यपूर्ण भलाकुसारी गरिरहेको देखिन्छ । उनले अतिथिलाई आफ्नै पारामा रोस्ट गरेका छन् ।

उक्त भागमा अन्य कलाकारले समसामयिक विभिन्न राजनीतिक व्यक्तिको भूमिकामा आफूलाई प्रस्तुत गरेका थिए । ‘कमेडी नाइट विथ च्याम्पियन्स’ हिमालय टिभीमा प्रत्येक मंगलबार राती ९ बजेदेखि प्रसारण हुँदै आएको छ ।

शोको टोली ‘हाँस्छ अमेरिका’ कार्यक्रम लिएर चाँडै अमेरिका भ्रमणमा निस्किने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?