News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडी नाइट विथ च्याम्पियन्सका पाँच कमेडियन कलाकार अमेरिका कमेडी टूरका लागि ७ फेब्रुअरीदेखि ८ मार्चसम्म १४ सहरमा जाने भएका छन्।
- फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले आयोजना गरेको 'हाँस्छ अमेरिका भोल्यूम १' टूरमा भरतमणी पौड्याल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल र कैलाश कार्की सहभागी छन्।
- फेम नेपालका प्रमुख विमल पछाईले भने, 'यहाँको ब्यस्त दैनिकीमा कमेडी एउटा साधना र मनोरञ्जनजस्तै हुनेछ' र कार्यक्रम पारिवारिक शोको रुपमा आयोजना हुनेछ।
काठमाडौं । कमेडी टूरको लागि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का ५ जना कमेडियन कलाकार अमेरिका उडेका छन् । मंगलबार बेलुका फ्लाई दुबईको जहाजबाट उनीहरू त्यता लागेका हुन् ।
७ फेब्रुअरीदेखि ८ मार्चसम्म १४ अमेरिकी सहरमा ‘हाँस्छ अमेरिका भोल्यूम १’ कमेडी टूर आयोजना हुँदैछ । फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले टूर आयोजना गरेका हुन् ।
भरतमणी पौड्याल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल र कैलाश कार्की टूरमा सहभागी छन् । ‘टूर लिएर अमेरिकी दर्शकलाई हँसाउन जाँदैछु, उत्साहित छौं’ त्यसतर्फ लाग्नुअघि भरतमणीले अनलाइनखबरसँग भने ।
टेक्सास, भर्जिनिया, न्यूयोर्क, बाल्टिमोर, सन फ्रान्सिस्को, पेन्सिलभेनिया, बोस्टन लगायतको राज्यका सहरमा टूर आयोजना हुने फेम नेपालका प्रमुख विमल पछाईले बताए । ‘यहाँको ब्यस्त दैनिकीमा कमेडी एउटा साधना र मनोरञ्जनजस्तै हुनेछ’ उनले भने, ‘विशुद्ध पारिवारिक शोको रुपमा कार्यक्रम हुनेछ ।’
प्रतिक्रिया 4