+
+
Shares

‘कमेडी नाइट विथ च्याम्पियन्स’को कमब्याक लुक्समा यस्तो देखिए मेक्सम

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडियन मेक्सम गौडेल करिब चार महिनापछि 'कमेडी नाइट विथ च्याम्पियन्स'को १९ औं एपिसोडमार्फत टेलिभिजन कार्यक्रममा फर्किएका छन्।
  • गौडेलले प्यान्क्रियाजको समस्या देखिएपछि भारतको मेदान्त अस्पतालमा उपचार गराएका थिए र गत महिना काठमाडौं फर्किएका हुन्।
  • उनले सामाजिक सञ्जालमा तीज पहिरनमा नयाँ फोटो सार्वजनिक गरेका छन् जुन आगामी एपिसोडको भाग हुन सक्ने अनुमान गरिएको छ।

काठमाडौं । करिब चार महिनापछि कमेडियन मेक्सम गौडेल टेलिभिजन कार्यक्रममा फर्किएका छन् । उनी ‘कमेडी नाइट विथ च्याम्पियन्स’को १९ औं एपिसोडमार्फत दर्शकमाझ पुनः देखिएका हुन् ।

कार्यक्रमको हालै सार्वजनिक भएको ट्रेलरमा उनी ‘आफ्नै गाउँ फर्कि आएँ’ भन्दै प्रस्तुत छन् । यद्यपि, गौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको नयाँ फोटोमा भने उनी परम्परागत तीज पहिरनमा देखिएका छन् ।

रातो साडी, सुनौला गरगहना, टीका र लामो कपालसहित सजिएका गौडेलको यो लुक तीज विशेष एपिसोडको लागि तयार पारिएको अनुमान गरिएको छ । उनको यो अवतार आगामी एपिसोडको भाग हुन सक्ने बुझिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गौडेल केही समय टेलिभिजन कार्यक्रमबाट टाढा थिए । प्यान्क्रियाजमा समस्या देखिएपछि उनी भारतको मेदान्त अस्पतालमा उपचार गराउन गएका थिए । उपचारपछि गत महिना उनी काठमाडौं फर्किएका हुन् ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’का सुरुवाती चार एपिसोडमा सहभागी भएका गौडेल त्यसपछि अनुपस्थित थिए । अहिले स्वास्थ्यमा सुधार आएपछि उनी पुनः कार्यक्रममा फर्किएका हुन् ।

गौडेल ‘कमेडी च्याम्पियन’ कार्यक्रमबाट चर्चामा आएका थिए । त्यसयता उनले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’ जस्ता फिल्ममा समेत अभिनय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?