News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडी नाइट विथ च्याम्पियन्सका कम्तीमा ५ एपिसोड अस्ट्रेलियाबाट लाइभ प्रसारण हुने भएका छन्।
- निर्माता विशाल भण्डारीका अनुसार ३५ जनाको टिम अस्ट्रेलिया जाने र भब्य सेट निर्माण गरिनेछ।
- कार्यक्रमका ४ वटा शोका टिकट बिक्री भइसकेको र दर्शकको उच्च मागका कारण आयोजना गर्न लागिएको छ।
काठमाडौं । लोकप्रिय टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का कम्तीमा ५ एपिसोड अस्ट्रेलियाबाट ‘लाइभ’ हुने भएका छन् । निर्माताले आउँदो बैशाखदेखि दशैंसम्म विभिन्न अस्ट्रेलियाली सहरबाट ती एपिसोड प्रसारण हुने बताएका छन् ।
निर्माता तथा निर्देशक विशाल भण्डारीका अनुसार कम्तीमा ५ देखि अधिकतम ७ वटा एपिसोड उतैबाट प्रसारण हुने गरि एक कम्पनीसँग लिखित सहमति भएको छ । ‘विभिन्न कारणले अहिल्यै उक्त आयोजक संस्थाको नाम खुलाउन मिल्दैन । चाँडै यसबारे पनि जानकारी दिन्छौं’ भण्डारीले भने ।
चाँडै आयोजना स्थल र मितिको घोषणा हुने उनले जनाए । हिमालय टिभीबाट प्रसारण हुँदै यो कार्यक्रमका अहिलेसम्म ४४ एपिसोड प्रसारण भैसकेका छन् ।
भेन्यू तय भएका ठाउँमा नेपालको जस्तै भब्य सेट निर्माण हुने, त्यही छायांकन गरेर प्रसारण गर्ने तयारी छ । स्याटेलाइट उपलब्ध हुने ठाउँमा भने सिधै प्रसारण हुने भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार भब्य तरिकाले कार्यक्रम गर्नुपर्ने भएकाले नेपालको जस्तै सेट बनाउन समय लाग्ने र ठूलै पैसा खर्च हुने बताइएको छ ।
‘कमेडी नाइट विथ च्याम्पियन्स लाइभ फ्रम अस्ट्रेलिया’ नाम राखिएको शोका लागि नेपालका कार्यक्रमसँग सम्बद्ध ३५ जनाको टिम अस्ट्रेलिया जानेछन् ।
‘त्यताबाट दर्शकको उच्च माग भएकाले हामीले इभेन्टको रुपमा अस्ट्रेलियामा कार्यक्रम गर्न लागेका हौं’ भण्डारीले भने, ‘दर्शकको इच्छा पनि धेरै देखिएको छ ।’ उनका अनुसार, लाइभ दर्शकको टिकट बिक्री भने चाँडै खुलाउने तयारी छ ।
यसअघि द भ्वाइस अफ नेपाल र नेपाल आइडलले रियालिटी शोको संरचनाको खाडी मुलुक कतारमा यस्तो कार्यक्रम गरिसकेका छन् । तर, ५ भन्दा धेरै एपिसोड छायांकन अर्थात लाइभ भएर आउन लागेको यो पहिलोपटक हुने बताइएको छ । कमेडी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रत्येक मंगलबार हिमालय टिभीबाट प्रसारण हुने गर्छ ।
प्रतिक्रिया 4