News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालय टिभीमा मंगलबार जेनजी आन्दोलनका शहीदलाई समर्पित ‘कमेडी नाइट विथ च्याम्पियन्स’को २५ औं एपिसोड प्रसारण भयो।
- कलाकारले भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनका शहीदको सहादत र त्यागलाई सम्मान गर्दै राजनीतिक कटाक्ष गरे।
- निर्देशक विशाल भण्डारीले एपिसोड समाज र राष्ट्रपति दायित्वको रुपमा समर्पित गरिएको बताए।
काठमाडौं । जेनजी आन्दोलनका शहीदलाई समर्पित गर्दै हाँस्यब्यंग्य टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले विशेष एपिसोड ल्याएको छ ।
‘ट्रिब्युट टु द मार्टेयर्स फुल एपिसोड’ नाम दिइएको शोको २५ औं भाग हिमालय टिभीमा मंगलबार प्रसारण भयो ।
कलाकारले भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनका शहीदको सहादत, उनीहरूको त्यागलाई सम्मान गर्दै राजनीतिक प्रवृत्ति, पुराना दल र भ्रष्टाचारविरुद्ध कटाक्ष गरेका थिए ।
आन्दोलनमा ज्यान गुमाउने छोराको बुवाको भूमिकामा सुमन कार्कीको अभिनयले दर्शकको मन जित्यो । उनको सशक्त र मर्मस्पर्शी अभिनयले ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त गर्यो ।

अध्यक्ष दीपाश्री निरौलाले त सुमनको प्रस्तुतमा आँसु मात्र झारिनन्, सलाम पनि गरिन् । प्रभात लामाले धरान उपमहानगरका मेयर हर्क साम्पाङको भूमिकामा अभिनय गदै दर्शकलाई प्रशस्त मनोरञ्जन दिए ।
अहिलेको जल्दोबल्दो इस्युलाई विषयवस्तु बनाइएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो शोले दर्शकको मन जित्ने पक्का छ । निर्देशक तथा निर्माता विशाल भण्डारीले समाज र राष्ट्रपति आफूहरूको दायित्वको रुपमा यो एपिसोडलाई समर्पित गरिएको बताए ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ हरेक मंगलबार राती ९ बजे हिमालय टिभीबाट प्रसारण हुन्छ ।
प्रतिक्रिया 4