+
+
Shares

फिल्म निर्माणमा ‘कमेडी च्याम्पियन’ टिम र ओएसआरबीच सहकार्य हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १७:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय टिभी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ समूहले निर्माण गर्न लागेको फिल्मको डिजिटल साझेदारको रुपमा ओएसआर डिजिटल जोडिएको छ।
  • निर्देशक विशाल भण्डारीले फिल्मको छायांकन आउँदो दशैंदेखि सुरु हुने र प्रदर्शन मिति छायांकन सकिएपछि तय गरिने बताए।
  • फिल्ममा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का कलाकार सहभागी हुने र आवश्यक परेमा बाहिरबाट कास्टिङ गरिने निर्देशक भण्डारीले जनाए।

काठमाडौं । लोकप्रिय टिभी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ समूहले निर्माण गर्न लागेको फिल्मको डिजिटल साझेदारको रुपमा ओएसआर डिजिटल जोडिएको छ ।

निर्माता कम्पनी श्री थ्री प्रोडक्सनसँग उक्त डिजिटल कम्पनीका प्रतिनिधिले लिखित सहमति गरेका छन् । विशाल भण्डारीको यो दोस्रो निर्देशकीय कथानकको छायांकन आउँदो दशैंदेखि सुरु हुँदैछ ।

उक्त फिल्मको शीर्षक तय हुन बाँकी छ । फिल्ममा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कै कलाकार जोडिनेछन् । आवश्यक परेमा मात्र बाहिरबाट कास्टिङ गरिने निर्देशक भण्डारीले जनाए ।

हरर कमेडी जनरामा निर्माण हुने यो फिल्मको छायांकन सकिएपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारी छ । ‘हामी रिलिज डेट नहालीकनै सुटिङमा जाँदैछौं’ निर्देशक भण्डारीले अनलाइनखबरसँग भने ।

यो फिल्म निर्माणअघि यो कम्पनीले दुई परियोजनामा ब्यस्त हुनेछ । पहिलो- कमेडी च्याम्पियन चौंथो सिजन ल्याउने र दोस्रो- कमेडी नाइट विथ च्याम्पियन्स लाइभ फ्रम अस्ट्रेलिया आयोजना गर्ने ।’

यतिबेला विशाल आफैमा केही सहयोगीसहित पटकथा लेखनमा काम गरिरहेका छन् । उनको लागि यो निर्देशकीय पुनरागमन हुनेछ । ७ वर्षअघि उनले ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?