News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडी च्याम्पियनका लगानी साझेदारबीचको १४ मुद्दामा मिलापत्र भएपछि हरिप्रसाद भट्टराई कम्पनीबाट बाहिरिएका छन्।
- भट्टराईले लगानीभन्दा बढी ९० लाख रुपैयाँ क्यापिटल गेन ट्याक्सको रूपमा तिर्न सहमति भएका छन्।
- कम्पनीले बैशाखदेखि कमेडी च्याम्पियनको चौथो सिजन सुरु गर्ने र फिल्म तथा सिटकम सिरियल निर्माण गर्ने योजना बनाएको छ।
काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का लगानी साझेदारबीचको कानूनी विवाद मिलापत्रमा टुंगिएको छ । सहमतिअनुसार, निर्माण कम्पनी ‘थ्री प्रोडक्सन’ बाट एकजना साझेदार हरिप्रसाद भट्टराई बाहिरिएका छन् ।
उनी बाहिरिएसँगै कम्पनीमा अन्य तीनजना साझेदार विशाल भण्डारी, सगुन पाण्डे र हिरण बस्नेत छन् । उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत र कम्पनी रजिस्टारको कार्यालयमा विभिन्न समयमा दर्ता भएका १४ मुद्दामा मिलापत्र भएको हो ।
भण्डारीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार, भट्टराईले लगानी गरेभन्दा बढी लगेको भनिएको ९० लाख रकमको क्यापिटल गेन ट्याक्स ९ लाख रुपैयाँ कम्पनी रजिस्टारको कार्यालयमा तिरेका छन् ।
‘कुनै लेनदेन नगरिकन, उहाँले बढी लगेको रकमको क्यापिटल गेन ट्याक्स तिर्नुभएको छ’ उनले भने । भट्टराईले डेढ करोड लगानीमा २ करोड ४० लाख रुपैयाँ लगेको भण्डारीले बताए ।
झण्डै एकवर्षदेखि साझेदारबीचको विवाद चर्किएको थियो । सहमति भएपछि भण्डारीले अनलाइनखबरसँगको कुराकानीमा उत्साह व्यक्त गरे ।
उनले भने, ‘यो झमेलाले गर्दा धेरै कामहरू गर्न पाइएको थिएन । अब पूर्ण समय दिएर नयाँ ऊर्जासहित काम गर्न लागिपर्छौं । रोकिएका कामहरू पनि अब अघि बढ्छन् । कम्पनीको सम्पूर्ण कानुनी अड्चन फुकायर अब फेरि पहिलो सिजन गर्दाकै अवस्थामा आएका छौं ।’
उनले बैशाखदेखि ‘कमेडी च्याम्पियन’ को चौंथो सिजन सुरु हुने बताए । फिल्म निर्माणदेखि सिटकम सिरियल बनाउने कार्य पनि अघि बढ्ने उनले बताए ।
प्रतिक्रिया 4