काठमाडौं । ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ ।
यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन ।
गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको थियो । स्ट्याच्यु अफ लिबर्टीको यो प्रतिकृति हावन कम्पनीको ठूलो रिटेल स्टोरको पार्किङ स्थलमा फास्ट–फुड आउटलेट नजिकै निर्माण गरिएको थियो ।
हावन कम्पनीका अनुसार यो मूर्तिको कुल उचाइ ११४ फिट थियो, जसमा ७८ फिट भाग भाँचिएको छ भने मूर्ति राखिएको ३६ फिट अग्लो आधारमा कुनै क्षति पुगेको छैन ।
ब्राजिलमा रहेको यो स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति पार्किङ क्षेत्रको शोभा मानिन्थ्यो । आँधीका कारण करिब ७ तले घरको उचाइ बराबरको यो मूर्ति ढलेर टुक्रा–टुक्रा भयो ।
स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति ढलेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ ।
स्थानीय रिपोर्टहरूका अनुसार ब्राजिलमाका धेरै हावन स्टोरहरू नजिक यस्ता मूर्तिहरू स्थापना गरिएका छन् ।
प्रतिक्रिया 4