+
+
Shares

‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा माग्ने बुढा, दीपाश्रीको ठाउँमा आए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को २८ औं एपिसोडमा तिहार विशेष प्रस्तुति आउने मंगलबार प्रसारण हुनेछ।
  • फिल्म ‘सोल्टिनी’का कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुले शोमा कमेडियनसँग देउसी भैली खेलेको प्रस्तुति समावेश छ।
  • चर्चित कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ अध्यक्ष बनेर दुई एपिसोडसम्म शोमा देखिनेछन्, दीपाश्री निरौला अमेरिका भ्रमणमा भएकाले।

काठमाडौं । टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ हरेक मंगलबार दर्शकमाझ आउँछ । पाहुना बोलाएर विभिन्न सन्दर्भमा हुने हाँस्यब्यंग्यको कारण शो चर्चित छ ।

यस्तोमा, आउने मंगलबार प्रसारण हुने २८ औं एपिसोडमा दर्शकले तिहार विशेष प्रस्तुति हुने पाउनेछन् ।

प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल्टिनी’का कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुले कमेडियनसँग देउसी भैली खेलेको प्रस्तुति यो एपिसोडमा समावेश छ ।

दर्शकलाई योभन्दा पनि नयाँ कुरा छ । चर्चित कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ अध्यक्ष बनेर शोमा देखिनेछन् । दीपाश्री निरौला केही समय अमेरिका भ्रमणमा रहेकाले उनको ठाउँमा माग्ने बुढा अध्यक्षको रुपमा देखिएको निर्देशक विशाल भण्डारीले जनाए ।

‘छक्कापञ्जा कमेडी टूर’को सिलसिलामा अमेरिका टूरमा रहेकी दीपाश्री दुई सातापछि स्वदेश फर्किने तयारी छ । निरौला नआउँदासम्म माग्ने बुढालाई दर्शकले अध्यक्षको रुपमा शोमा देख्न पाउनेछन् ।

‘उहाँ दुई एपिसोड अध्यक्षको रुपमा देखिनुहुनेछ’ निर्देशक भण्डारीले भने, ‘सिनियर कमेडियन अध्यक्षको रुपमा आउँदा रमाइलो अनुभव भयो ।’

नयाँ एपिसोडको ट्रेलर आइतबार बेलुका आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?