
News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित कमेडियन मेक्सम गौडेल ४ महिनापछि ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा १९ औं एपिसोडदेखि फर्किने निर्देशक विशाल भण्डारीले बताए।
- गौडेलले प्याङ्क्रियाजमा घाउ भएर दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएका थिए र अहिले स्वास्थ्यमा सुधार आएको छ।
- उनले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा अभिनय गरिसकेका छन् र ४ एपिसोडपछि बिरामी भएका थिए।
काठमाडौं । चर्चित कमेडियन मेक्सम गौडेल ४ महिनापछि ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा फर्किएका छन् । दर्शकले १९ औं एपिसोडदेखि गौडेलको प्रस्तुति हेर्न पाउने निर्देशक विशाल भण्डारीले बताए ।
आउने सातादेखि छायांकन सुरु हुने एपिसोडमा गौडेल सहभागी हुनेछन् । ‘दर्शकले उहाँलाई १९ वा २० औं एपिसोडबाट हेर्न पाउनेछन्’ निर्देशक तथा होस्ट भण्डारीले भने, ‘कमजोरीले गर्दा उहाँले अहिले २ मध्ये एउटा मात्र प्रस्तुती दिनुहुनेछ ।’
प्राप्त तस्वीरमा गौडेललाई दुब्लाएको देखिन्छ । प्याङ्क्रियाजमा घाउ भएपछि उनले केही समय दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइहेका थिए । उपचारपछि गत महिना काठमाडौं फर्किएका थिए ।
निर्देशक भण्डारीका अनुसार गौडेलको स्वास्थ्यमा अहिले धेरै सुधार छ ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’मा ४ एपिसोड गरेपछि उनी बिरामी भएका थिए । ‘कमेडी च्याम्पियन’बाट उदाएका गौडेल टिभीसँगै फिल्ममा पनि चर्चित छन् । उनले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका थिए ।
प्रतिक्रिया 4