+
+
Shares

मानव अधिकारका विषय राजनीतिबाट अलग राख्नुपर्छ : प्रधानन्यायाधीश राउत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १९:१९
Listen News
0:00
0:30
🔊

२४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशिल बन्दै गइरहेको उनको भनाइ छ ।

उनले मानवअधिकारमा राजननिति प्रवेश गरेमा त्यो विशाक्त हुने पनि उल्लेख पनि गरे ।

राजनीतिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई अलग राख्नुपर्नेमा उनको जोड थियो ।

‘मानवअधिकारमा राजनिति प्रवेश भयो भने वातावरण विशाक्त हुन्छ, आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्व र यसको ओजमा निसन्देह असर पुग्ने नै हुन्छ,’ उनले भने ।

‘निजी विचार, व्यक्तिको आस्था भन्दा माथी उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र संवद्धन हुन सक्छ । विषाक्त राजनितिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई तपाईंहरूले अलग्याउनुपर्छ । मानव अधिकारको कुरा बढी संवेदनशील किन हुन पुगेको छ भने यो विषय जष्टिस र लिवर्टीसँग पनि जोडिएकोले यो विषय संवेदनशील मात्रै हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?