+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

दाङ-२ बाट किरण किशोरसहित कांग्रेसका १० उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १९:४०

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ किरण किशोर घिमिरेसहित १० उम्मेदवार सिफारिस गरेको छ ।

बुधबार प्रत्यक्षतर्फ सिफारिस भएकाहरुमा समाजसेवी घिमिरेसहित विमला योगी, भोजराज पाण्डे, खगराज पाण्डे, बम बहादुर डिसी, अनिता देवकोटा, दुर्लभ केसी, विपुल पोखरेल, विष्णु शर्मा र कुलराज खनाल छन् ।

यसैगरी समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी र विपिन बुढाथोकी सिफारिसमा परेका छन् ।

यसैगरी राष्ट्रिय सभा निर्वाचनका लागि विरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली र नदनकुमार शर्मा सिफारिसमा परेका छन् ।

मंगलबार नै दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ चार उम्मेदवार सिफारिस भएका थिए । दाङ क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । जेनजी पुस्तालाई समेट्ने गरी प्रतीक्षा चौधरीको नाम पनि सिफारिस गरिएको छ ।

‍यसैगरी समानुपातिकतर्फ दाङ क्षेत्र नम्बर १ बाट ९ जना सिफारिसमा परेका छन् । सिफारिसमा पर्नेहरुमा कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, देवका बेल्बासे, अनुराग यादव, खिमा अधिकारी, मधुप्रसाद न्यौपाने, खड्गबहादुर विक, कृष्ण गिरी र पवन नेपाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?