News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नभएको घर देखाएर बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशीसहित कर्मचारीहरूको मिलोमतोमा कागजात किर्ते गरेको ठहर गरेको छ।
- विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।
२५ मंसिर, काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हुँदै नभएको घर देखाएर बैंकबाट ऋण लिएर अनियमितता गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेज बहादुर सुनार र बेलडाँडी गाउँपालिका–२ का स्थानीय शान्ति नाथविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कर्मचारीसँगको मिलोमतोमा नाथले बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७, क्षेत्रफल ४०० बर्ग मिटर जग्गामा हुँदै नभएको घर, कोठा धितोमा राखेर सनराइज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको अख्तियारको ठहर छ ।
गाउँपालिकाका तत्काली प्रशासकीय अधिकृत जोशीसहितका कर्मचारीको मिलोमतोमा कागजात पारेर किर्ते गरिएको स्थलगत अनुसन्धानका क्रममा उक्त स्थानमा कुनै पनि भौतिक संरचना नभेटिएको खुलेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय मागदाबी राखेर बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
प्रतिक्रिया 4