+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

अस्ट्रियाका विद्यालयमा हिजाब लगाउन प्रतिबन्ध, उल्लंघन गरे ८०० युरो जरिबाना

एजेन्सी एजेन्सी
२०८२ मंसिर २६ गते ९:२६

२६ मंसिर, काठमाडौं । अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो ।

अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् ।

सरकारले यो कानुनलाई लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता भएको दाबी गरेको छ । तर, यसलाई अन्य सरोकारवाला र बुद्धिजीवीहरुले मुस्लिम समुदायविरुद्धको भावना बढाउने भन्दै असंवैधानिक कदमका रुपमा टिप्पणी गरेका छन् ।

यसअघि सन् २०२० मा १० वर्षभन्दा कम उमेरका बालिकालाई लक्षित गरी लागू गरिएको हिजाब प्रतिबन्ध संवैधानिक अदालतले खारेज गरेको थियो ।  यसपटक पारित गरिएको कानूनमा भने सबै कक्षाका छात्रामा लागू हुने भनिएको छ ।

नयाँ कानून अनुसार प्रतिबन्ध बारम्बार उल्लङ्घन गर्ने छात्रालाई चाइल्ड तथा युथ वेलफेयर एजेन्सीको जिम्मा लगाइनेछ ।

कानून पालनामा अटेर गरे परिवार वा अभिभावकमाथि ८०० युरोसम्मको जरिबाना लगाइने प्रावधान पनि कानूनमा व्यवस्था गरिएको छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?