+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कोरियाबाट फर्केका नेपालीलाई उद्यमशील बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सीको के–हामी परियोजनाले कोरियाबाट फर्केका नेपालीलाई उद्यमशील बनाउन प्राविधिक र आर्थिक सहयोग प्रदान गर्दै आएको छ।
  • कोरियाबाट फर्केका १० जना रिटर्नीबीच व्यापार प्रतियोगिता आयोजना गरिएको थियो, जसमा उत्कृष्टलाई नगद पुरस्कार र ऋण सहयोग दिइएको छ।
  • प्रतियोगितामा तारा थापाले प्रथम स्थान हासिल गरी ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए भने २० जनालाई उद्यमशीलता तालिम पूरा गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

२६ मंसिर, काठमाडौं । दक्षिण कोरियामा काम गरेर फर्किएका नेपालीहरुलाई उद्यमशील बनाउन थालिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) अन्तर्गतको के–हामी परियोजनाले कोरियाबाट फर्केकालाई उद्यमशील बनाउन लागेको हो ।

स्वरोजगार तथा उद्यमी बन्न आवश्यक सहयोग गर्नुका साथै उनीहरुलाई आवश्यक पर्ने ऋण सहयोग समेत प्रदान हुनेछ । कोरियामा सिकेको सीपलाई नेपालमै उद्यमशील बन्न खोज्ने ‘रिटर्नी’लाई प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्न लागिएको हो।

त्यसका लागि कोरियाबाट फर्केकाहरुबीच प्रतियोगिता गराइँदै आएको छ । उक्त प्रतियोगिताबाट उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गर्नुका साथै ऋण समेत प्रदान गरिनेछ ।

बिहीबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा कोरियाबाट फर्केका १० जना रिटर्नीहरुबीच व्यापार प्रतियोगिता आयोजना गरिएको थियो । के–हामी परियोजना अन्तर्गत कोरियाबाट फर्केका नवउद्यमीले कार्यक्रम अन्तर्गत कोरिया र नेपालमा संयुक्त रुपमा सञ्चालन गरिएको एक वर्ष लामो उद्यमशीलता शिक्षा पूरा गरेपछि व्यवहारिक रुपमा लगिने परियोजनाले जनाएको छ ।

१० जनाले रिटर्नी इनोभेटर फर नेपाल (आरआईएन) अन्तर्गत उद्यमशीलता शिक्षा पूरा गरेर अन्तिम चरणमा पुगेका थिए । आरआईएन काेइकाको सहयोगमा द ब्रिज इन्टरनेसनले कार्यान्वयन गरिरहेको के हामी परियोजनाको एक हिस्सा हो ।

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत ताई–यङ पार्क, काेइकाका देश निर्देशक मुहेन कोङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव जनक शर्मा, लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षित रिटर्नीहरुबीच प्रतिस्पर्धात्मक समावेशी व्यवसाय पिचिङ र उत्पादन वा प्रोटोटाइप प्रदर्शनी गरिएको थियो ।

प्रतियोगितामा बृद्धि चरण (ग्रोथ ट्र्याक) अन्तर्गत तारा थापा प्रथम भएका थिए । उनले नगद ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए । त्यस्तै रविलाल पन्थ द्वितीय भए । खेम बहादुर कार्की तृतीय भएका थिए । उनीहरुले क्रमशः ३ लाख र २ लाख रुपैयाँ पुरस्कार पाएका थिए ।

त्यस्तै प्रारम्भिक चरण (स्टार्ट ट्र्याक) अन्तर्गत जनकलाल तामाङ प्रथम भएका थिए । उनले ३ लाख रुपैयाँ पुरस्कार पाएका थिए । ईश्वर बनमाला द्वीतीय र फुलमाया तामाङ तृतीय भएका थिए । उनीहरुले क्रमशः २ लाख र १ लाख रुपैयाँ पुरस्कार पाएका थिए ।

कोरियाबाट फर्केका ६ जना रिटर्नी उद्यमीले आफ्नो व्यवसायिक पिचमा नगद पुरस्कार प्राप्त गरेका थिए । नेपालमा ग्रोथ ट्र्याक र स्टार्टअपमा उद्यमशीलता क्षमता निर्माण तालिम पूरा गर्ने २० जनालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो कार्यक्रमले कोरियाबाट फर्केका रिटर्नीहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको छ । उनीहरुलाई आप्रवासी कामदारबाट सफल उद्यमीको रुपमा रुपान्तरण गर्न सशक्त बनाउँदै, नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउनु प्रमुख उद्देश्य रहेको ब्रिज इन्टरनेसनलका सीईओ जिनसोल ह्वाङले जानकारी दिए ।

कोइका कोरियाको सरकारी निकाय हो जसले अन्तर्राष्ट्रिय विकासको लागि अनुदान सहायता र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोइकाले सन् २०२२ देखि कोरियाबाट फर्केकाहरुको उद्यमशीलाको सपनालाई वास्तविकतामा परिणत गर्नका लागि विभिन्न काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?