+
+
Shares

‘इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स’ दिल्लीमा फेब्रुअरी १ देखि ३ सम्म

‘जसको उद्देश्य नेपाललाई छायांकन गन्तव्यको रुपमा प्रवर्धन गर्नु, सहकार्यका सम्भावना खोज्नु तथा भारत र नेपालबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते ११:४८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स (इन्फा) को पहिलो संस्करण नयाँ दिल्लीमा फेब्रुअरी १ देखि ३ सम्म आयोजना हुने भएको छ।
  • इन्फाले सन् २०२५ मा प्रदर्शनमा आएका नेपाली कथानक फिल्मको आवेदन ७ जनवरीसम्म आह्वान गरेको छ।
  • कार्यक्रममा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा प्राविधिक विधामा सम्मान दिइने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुनेछन्।

काठमाडौं । इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स (इन्फा) को पहिलो संस्करण नयाँ दिल्लीमा फेब्रुअरी १ देखि ३ सम्म आयोजना हुने भएको छ ।

नेपाली चलचित्रको प्रवर्धन तथा सम्मान गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको इन्फाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतियोगिताको लागि इन्फाले सन् २०२५ मा प्रदर्शनमा आएका नेपाली कथानक फिल्मको आवेदन आह्वान गरिएको छ । ७ जनवरीसम्म फिल्म बुझाउन सकिने उल्लेख छ ।

सो अवसरमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा अन्य प्राविधिक विधामा सम्मान प्रदान गरिने रेडकार्पेट अवार्ड समारोह हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी, समीक्षक सहभागी हुने कार्यक्रममा प्रिमियर शो, विशेष प्रदर्शनी र सांस्कृति प्रस्तुति हुनेछन् ।

फेस्टिभलको प्रमुख जुरीको रुपमा नेपालबाट अभिनेता कृष्ण मल्ल, जुरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री विपना थापा र अभिनेता अवतार साहनी छन् ।

अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्धन गर्नुको साथै सहकार्य र व्यवसायिक विस्तारको लागि साझा मञ्च सिर्जना गर्नु रहेको जनाइएको छ ।

महोत्सव निर्देशक जनकदीप पराजुलीले कार्यक्रमले नेपाल-भारतको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनुको साथै भारतस्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको बताए ।

इन्फा अध्यक्ष राजेन्द्र घिमिरेले दिल्लीमा हुने कार्यक्रम अन्तर्राष्ट्रिय तहमा नेपाली चलचित्र उद्योगका लागि छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुने बताए ।

इन्फाकी प्रवक्ता आकांक्षा शाहले फिल्म प्रदर्शनको अतिरिक्त प्यानल छलफल, अन्तर्वार्ता तथा टक शोहरू आयोजना हुने बताइन् । ‘जसको उद्देश्य नेपाललाई छायांकन गन्तव्यको रुपमा प्रवर्धन गर्नु, सहकार्यका सम्भावना खोज्नु तथा भारत र नेपालबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो ।’

सहभागी हुन इच्छुक फिल्मले चलचित्र निर्देशक समाजको कार्यालयमा फिल्म बुझाउन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?