+
+
Shares

सरकार र महानगरलाई प्रचण्डले भने- खुलामञ्च खुला गरियोस्, देशकै लज्जा भयो

‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १५:३२
Listen News
0:00
0:30
🔊

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले खुलामञ्च खुला गर्न माग गरेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले सो माग गरेका हुन् । कम्तीमा एक लाखसम्म मान्छे अट्ने चौर वा मञ्च नहुने देशकै लागि लज्जाको विषय भएको उनको भनाइ छ ।

‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।

उनले सरकार र महानगरको नेतृत्व लिएका जनप्रतिनिधिलाई खुलामञ्च खुला गर्न आग्रह गरे ।

‘म नेपाल सरकार र अहिले महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिलाई पनि यो स्थितिको अन्त्य गर्नका लागि पनि जोडदार अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘राजनीतिक दल, सामाजिक संस्था र सबैका लागि एउटा खुला मञ्च, समारोह सभा गर्ने स्थल अनिवार्य छ । यसमा सबैको ध्यान जाओस् ।’

आजको सभा गर्नका लागि पनि टुँडिखेलमा गर्न सकिन्छ कि भनेर पहल गरिएको तर सफल नभएको प्रचण्डको भनाइ छ ।

‘हामीले यो सभाको आयोजना गर्दैगर्दा सरकार, महानगर र टुँडिखेलमा सम्भावना छ कि भनेर टुँडिखेलमा पनि आयोजना गर्ने, जनसमुदायलाई सहज ढंगले बसेर हाम्रो कुरा सुन्ने वातावरण बनाउने पहल गरिएको थियो । तर हामी सफल हुन सकेनौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?