News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा नेपाली सुकेको लसुनको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेर २ सय ३५ रुपैयाँ पुगेको छ।
- चिनियाँ सुकेको लसुनको मूल्य घटेर प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको मूल्य तथ्यांक सार्वजनिक गरेको छ।
६ पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको नेपाली लसुनको मूल्य बढ्दा चिनियाँको घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार लसुनको मूल्यमा घटबढ देखिएको हो ।
आज आइतबार सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत १५ रुपैयाँ बढेको छ ।
हिजो शनिबार नेपाली सुकेको लसुन प्रतिकिलो २ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज २ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यसैगरी आइतबार सुकेको चिनियाँ लसुनको भाउ घटेको छ । उक्त लसुन आज प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।
हिजो शनिबार सुकेको चिनियाँ लसुन प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4