News Summary
Generated by OK AI. Editorially reviewed.- स्मार्ट च्वाईस टेक्नोलोजिजले नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरी स्विफ्ट टेक्नोलोजिजसँग सहकार्यमा इन्टरनेट बैंकिङ सेवा सुरु गरेको छ।
- ग्लोबल आईएमई बैंकले बिजनेक्स नामक कर्पोरेट इन्टरनेट बैंकिङ सेवा ग्राहकलाई उपलब्ध गराएको छ।
- यस सेवाले हाइराकिकल अप्रुभल, मेकर–चेकर प्रक्रिया र बिल भुक्तानी जस्ता सुविधा प्रदान गरी वित्तीय कारोबार पारदर्शिता र दक्षता बढाएको छ।
७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ ।
एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सञ्चालन गरेको छ ।
यस सेवामार्फत ग्राहकहरूले हाइराकिकल अप्रुभल मेकानिजम, सिंगल तथा बल्क अपलोडमार्फत कारोबार गर्ने सुविधा, मेकर–चेकर प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन् ।
साथै, प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषता समेत उपलब्ध छन् ।
हाल यस कर्पोरेट इन्टरनेट बैंकिङ सेवामा आबद्ध हुने नेपालमा पहिलो बैंक ग्लोबल आईएमई बनेको छ । बैंकले यस सेवालाई बिजनेक्स नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पाेरेट तथा व्यवसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको छ ।
बिजनेक्स मार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ ।
यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापन अझ मजबुत भई डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुगेको छ ।
प्रतिक्रिया 4