+
+
Shares

भक्तपुरको निर्माणाधीन घरमा मजदुरको हत्या, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १७:०९

७ पुस, काठमाडौं । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन एक घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।

उदयपुर घर भएका ठकुरीको हत्यामा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्नता देखिएपछि ती व्यक्तिलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–३ का २७ वर्षीय सञ्जिव याखा छन् । उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?