७ पुस, गोरखा । गोरखा नगरपालिका–५ चिल्ड्रेनपार्क नजिकै लसुने जंगलमा मानव कंकाल फेला परेको छ ।
कंकालसँगै एक थान किप्याड मोबाइल, जुत्ता, ट्रयाक र कमिज समेत फेला परेको प्रहरीले जनाएको छ ।
‘सोमबार कंकाल भेटियो भन्ने जानकारी आएपछि हाम्रो टोलि त्यहाँ पुग्यो,’ एसपी भरतबहादुर बिकले भने, ‘त्यहाँ पुग्दा मोवाइल र कपडाहरू पनि भेटियो ।’
मोबाइल बारपाक सुलिकोट गाउँपालिका–३ का ४० वर्षीय जंगबहादुर गुरुङको भन्ने खुले पनि कंकाल कस्को हो भनेर पत्ता नलागेको उनले जानकारी दिए ।
‘घटनाबारे अनुसन्धान गर्दै जाँदा जंगबहादुर गत साउनदेखि हराएका रहेछन्, उनकै कंकाल हो की भन्ने अनुमान गरेका छौ,’ एसपी बिकले भने ।
उनी सतिपिपल डेरामा बस्दै आएका थिए । उनी मानसिक रोगी भएकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गुरुङको कंकाल पोष्टमार्टमा लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4