+
+
Shares

राप्तीमा रुख कटान प्रकरण : जिल्लाको आदेशविरुद्ध उच्च जाने अध्यक्ष विष्टको चेतावनी

राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले भने आफूहरूले कुनै पनि रुख कटानमा संलग्न नभएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्ती उपत्यकामा सडक पूर्वाधार निर्माणका क्रममा रुख कटान विवाद भएपछि सडक डिभिजन कार्यालयले सूचना जारी गरेको छ।
  • राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफूहरू रुख कटानमा संलग्न नभएको र स्थानीयले आफ्नै घरअगाडिका रुख काटेको बताएका छन्।
  • डिभिजन वन कार्यालयले अध्यक्ष विष्टसहित जनप्रतिनिधिविरुद्ध मुद्दा दर्ता गरेपछि विष्टले उच्च अदालत जाने योजना बनाएको बताएका छन्।

८ पुस, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा पूर्वाधार निर्माणका क्रममा सडकको दायाँ-बायाँ रहेका संरचना हटाउन सडक डिभिजन कार्यालयले सूचना जारी गरेपछि रुख कटानको विषयलाई लिएर विवाद चुलिएको छ ।

राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले भने आफूहरूले कुनै पनि रुख कटानमा संलग्न नभएको बताएका छन् ।

‘हामीले न आरा चलायौँ, न कसैलाई रुख काट्न आदेश दियौँ,’ उनले भने, ‘जनप्रतिनिधिलाई जसले जे आरोप लगाए पनि हुने हो र?’

उनका अनुसार सडक डिभिजन कार्यालयको सूचनापछि कतिपय स्थानीयले आफ्नै घरअगाडिका रुख काटेका हुन् । तर त्यसको जिम्मेवारी जनप्रतिनिधिमाथि थोपर्ने प्रयास भएको उनको गुनासो छ ।

यसै विषयमा डिभिजन वन कार्यालय लमहीले गाउँपालिका अध्यक्ष विष्टसहित वडाका जनप्रतिनिधिहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अध्यक्ष विष्टले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने उक्त मुद्दाविरुद्ध आफूहरू उच्च अदालत जाने पनि बताए ।

‘हामी जिल्ला अदालतको फैसलालाई सम्मान गर्छौँ । न्यायालय लोकतन्त्रको मेरुदण्ड हो,’ अध्यक्ष विष्टले भने, ‘तर यो अन्तिम फैसला होइन । हामी सत्य र न्यायप्रतिको भरोसाका साथ उच्च अदालत जानेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?