+
+
Shares

अवकाश हुन ७ दिन बाँकी छँदा प्रहरी अस्पतालका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १६:४६

८ पुस, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सेवामा प्रवेश गरी लामो समय काम गर्दै आएको आरोपमा नेपाल प्रहरीका एसएसपी (वरिष्ठ उपरीक्षक) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीको एसएलसीको प्रमाणपत्र नक्कली भेटिएको छ । उनले सन् १९८८ मा बिहार स्कुल एक्जामिनेश बोर्ड पट्ना, भारतबाट एसएलसी पास गरेको भन्दै प्रमाण पत्र पेश गरेर प्रहरीमा भर्ना भएका थिए ।

तर बिहार विद्यालय परीक्षा समितिमा बुझ्दा उनले त्यहाँबाट एसएलसी पास नगरेको भेटिएपछि मुद्दा दायर गरिएको बताइएको छ ।

पटनाको अभिलेखमा अन्तिम क्रमांक ५७६ रहेकोमा गिरीले पेश गरेको प्रमाणपत्रमा भने ७१८ भेटिएकाले उनले नक्कली बनाएर पेश गरेको दाबी अख्तियारको छ ।

उनले २०५० सालमा पीसीएल नर्सिङ र २०६३ सालमा पोस्ट बेसिक ब्याचलर इन नर्सिङ गरेका थिए । उनी १६ पुस २०५२ मा प्राविधिक सईको रुपमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेक थिए ।

उनी अनिवार्य अवकाश पाउन जम्मा जम्मी एक सातामात्रै बाँकी थियो । उनी उही पुस १५ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?