+
+
Shares

चिलिमे हाइड्रोपावरले नगद र बोनससहित १२ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिलिमे हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले पुस ३० गते साधारणसभा बोलाएको छ र पुस १७ गते सेयर दर्ता पुस्तिका बन्द रहनेछ।
  • पुस १६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन्।

९ पुस, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांश स्वरुप दिने निर्णय गरेको हो । साथै कम्पनीले साधारणसभा पुस ३० गतेका लागि बोलाएको छ ।

पुस १७ गते सेयर दर्ता पुस्तिका बन्द रहनेछ । पुस १६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन् ।
हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?