+
+
Shares

चिलिमे हाइड्रोपावरको नाफा ११ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिलिमे हाइड्रोपावर कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक खुद नाफा ११.२४ प्रतिशत घटेर ४५ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
  • कम्पनीको बिक्री आम्दानी गत आवको ८२ करोड ४९ लाख रुपैयाँबाट घटेर चालु आवमा ८२ करोड ३६ लाख रुपैयाँ भएको छ।
  • चालु आवमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७.८२ रुपैयाँबाट घटेर ६.४२ रुपैयाँ पुगेको छ र सेयर मूल्य ४७८.५० रुपैयाँ छ।

२० वैशाख, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ११.२४ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४५ करोड ६९ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ५१ करोड ४८ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी पनि सामान्य घटेको छ । बिक्री आम्दानी गत आवमा तेस्रो त्रैमाससम्म ८२ करोड ४९ लाख रुपैयाँ रहेकोमा यो आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ३६ लाख रुपैयाँ छ ।

कम्पनीको वित्तीय आम्दानी ९ करोडबाट बढेर १० करोड २८ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर आम्दानी पहिले ७.८२ रुपैयाँ रहेकोमा अहिले ६.४२ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ४७८.५० रुपैयाँ छ ।

पछिल्लो ५२ साताको तथ्यांकअनुसार अधिकतम मूल्य प्रतिकित्ता ५९९.६० रुपैयाँ छ भने न्यूनतम मूल्य ४५६ रुपैयाँ छ । हाल सेयर मूल्य ५२ साताको न्यूनतम नजिक रहेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?