News Summary
Generated by OK AI. Editorially reviewed.- चिलिमे हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांश दिने निर्णय गरेको छ।
- कम्पनीले पुस ३० गते साधारणसभा बोलाएको छ र पुस १७ गते सेयर दर्ता पुस्तिका बन्द रहनेछ।
- पुस १६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन्।
९ पुस, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांश स्वरुप दिने निर्णय गरेको हो । साथै कम्पनीले साधारणसभा पुस ३० गतेका लागि बोलाएको छ ।
पुस १७ गते सेयर दर्ता पुस्तिका बन्द रहनेछ । पुस १६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन् ।
हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4