+
+
Shares

‘कमेडी च्याम्पियन’ को चौंथो सिजन ‘अर्बन कमेडी’ केन्द्रित हुने, डिजिटल अडिसन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौंथो सिजनको डिजिटल अडिसन पुस मसान्तसम्म खुला छ।
  • निर्देशक विशाल भण्डारीले अडिसनका लागि १० मिनेटको भिडियो ९८०१८७७१२० मा पठाउन सकिने बताए।
  • चौंथो सिजन ‘अर्बन कमेडी’ मा केन्द्रित हुने र मनोज गजुरेल जज हुने निश्चित भएको छ।

काठमाडौं । चर्चित टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौंथो सिजनको डिजिटल अडिसन खुला भएको छ । इच्छुकले पुस मसान्तसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

इच्छुकले १० मिनेटसम्मको अडिसन भिडियो बनाएर ९८०१८७७१२० नम्बरको ह्वाट्सएप र शोको इमेल ठेगानामा पठाउन सक्ने निर्देशक तथा निर्माता विशाल भण्डारीले बताए ।

फागुनमा भौतिक अडिसन, चैतमा तयारी र बैशाखदेखि छायांकन हुने जनाइएको छ । ‘अहिले विश्वभरका नेपालीले उत्साहजनक ढंगले अडिसनको लागि भिडियो पठाइरहनुभएको छ’ भण्डारीले भने ।

चौंथो सिजनलाई ‘अर्बन कमेडी’ मा केन्द्रित गरिने उनले जनाए । ‘अघिल्ला तीन सिजनमा अर्गानिक र गाउँका कमेडीले मात्र स्थान पाएको भन्ने गुनासो थियो । नयाँ सिजनमा भने सहरी कमेडीलाई प्रस्तुत गरिनेछ’ विशालले भने ।

बौद्धिक कमेडीलाई प्रोत्साहन दिने र विश्वब्यापी कमेडीको परिदृश्यसँग काँध हाल्न सक्ने आउने कमेडीलाई फोकस गरिने निर्देशक भण्डारी बताउँछन् । विश्वभरका नेपालीले भाग लिन पाउने शोमा विदेशबाट समेत अडिसन भिडियो आइरहेको छ ।

चौंथो सिजन नै ‘अर्बन कमेडी’ केन्द्रित हुने भएपछि सोहीअनुसार जज प्यानल टुंग्याउने तयारी गरिएको छ । ‘थिम नै परिवर्तन हुने भएपछि जजको छनोट हाम्रा लागि अहिले चुनौतीपूर्ण बनिरहेको छ’ उनले भने ।

यद्यपि, मनोज गजुरेल जजको रुपमा निश्चित हुने उनले जनाए । ‘कमेडी च्याम्पियन’ को चौंथो सिजन हिमालय टिभीमा आउने समेत विशालले बताए । ‘कमेडी च्याम्पियन’ मुलुकको सबैभन्दा ठूलो टेलिभिजनको कमेडी रियालिटी शो हो । थ्री प्रडक्सनले शो निर्माण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?