+
+
Shares

टर्कीमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १४:०१

९ पुस, हायमाना, टर्की । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको निजी विमानको ब्ल्याक बक्स टर्कीका अधिकारीहरूले फेला पारेका छन् ।

उक्त दुर्घटनामा लिबियाली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दादसहित उनका चार सहयोगीको मृत्यु भएको छ ।

फाल्कन ५० विमानले विद्युतीय प्रणालीमा समस्या आएको भन्दै आपतकालीन अवतरणको अनुरोध गरेपछि सम्पर्क विच्छेद भएको थियो । विमान त्रिपोली फर्कँदै गर्दा अङ्कारा नजिकैको हायमाना जिल्लामा खसेको हो ।

टर्कीएका गृहमन्त्री अली येरलिकायाका अनुसार भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुवै फेला परिसकेको छ र तिनको परीक्षण प्रक्रिया सुरु गरिएको छ । विमानमा तीन जना चालक दलसहित कूल आठ जना सवार थिए ।

जनरल हद्दाद टर्कीका सैनिक अधिकारीहरूसँग वार्ता सकेर स्वदेश फर्किरहेका थिए । घटनापछि २२ सदस्यीय लिबियाली प्रतिनिधिमण्डल अङ्कारा पुगेको छ भने मृतकका शवहरू दुर्घटनास्थलमै राखिएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?