+
+
Shares

एनसीएचएलका नयाँ डिजिटल प्रोडक्ट सार्वजनिक, विभिन्न संस्थाले पाए अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्लियरिङ हाउस लिमिटेडले ९ पुसमा आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ।
  • एनसीएचएलले २०६५ देखि विभिन्न डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको छ।
  • वार्षिकोत्सवमा एनसीएचएलले १३ विधामा बैंक तथा वित्तीय संस्थाहरूलाई एक्सिलेन्स अवार्ड प्रदान गरेको छ।

९ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पुस, २०६५ देखि एनसीएचएल नेपालमा सञ्चालनमा आएको हो ।

विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न २०६८ मा एनसीएचएल ईसीसी सुरुवात गरेको थियो । पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो ।

विगत १७ वर्षको यात्रामा, एनसीएचएलले ईसीसी, आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्यूआर, ईएफटी कार्ड स्वीच कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेसनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे कार्डको कमर्सियल रोलआउट समेत गरेको छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा १० वर्ष पूरा गरेका कर्मचारी छवि सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । पूर्व अध्यक्ष द्वय अनिल केशरी शाह र अशोक शमशेर जबरालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा एनसीएचएलले विभिन्न इनोभेटिभ डिजिटल प्रोडक्ट तथा सोलुसनहरुको अनावरण पनि गरेको छ । सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंकसँगको सहकार्यमा कर्पोरेट पे २, माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कार्डस् सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टिज नेट सेटलमेन्ट सार्वजनिक गरिएका छन् ।

एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १३ वटा विधामा बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर बैंक संस्थालाई विभिन्न विधा अन्तर्गत एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सनबाट सम्मानित गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई यो अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी, सिदार्थ बैंकलाई ‘एक्सिलेन्स इन ईएफटी कार्ड सर्भिसेज’ अवार्डबाट सम्मान गरिएको छ । ‘एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल’ अवार्डबाट ग्लोबल आईएमई बैंकलाई सम्मान गरिएको छ । नबिल बैंकलाई ‘एक्सिलेन्स इन डिजिटाइजिङ बिजनेसेस् विथ कर्पोरेटपे’ अवार्ड प्रदान गरिएको छ ।

नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई र ई–भिसाको अनलाईन पेमेन्टका लागि अन्तर्राष्ट्रिय कार्ड पेमेन्ट गेटवे इनेबल गर्न खेलेको विशेष भूमिकालाई सम्मान गर्दै गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागलाई स्पेसन रिकोग्निसन अवार्ड प्रदान गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको इजाजतप्राप्त संस्था एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?