+
+
Shares

ओलीलाई ११ किलोको माला लगाएर बधाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते २२:२०

९ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ ।

काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका नेता कार्यकर्ताहरूले बुधबार उनलाई ११ किलोको मालासहित सम्मान गरेका हुन् ।

एघारौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बनेकोमा बधाइ दिँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा पुगेका नेताहरूले शुभकामना दिएका हुन् ।

काठमाडौंमा भएको महाधिवेशनबाट ओली तेस्रोपटक अध्यक्ष निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?